२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई चैत २४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपित बालकले चैत १९ गते बलात्कारको प्रयास गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा चैत २३ गते उजुरी दिएपछि अनुसन्धानका लागि आरोपित बालकलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई पर्वत के.सीले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण चैत २३ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको प्रहरीले जनाएको छ ।