१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सोयाक-१ का १९ वर्षीय प्रेमबहादुर राईविरुद्ध जिल्ला अदालतले आठ वर्षकैदको फैसला सुनाएको छ ।
न्यायाधीश नवराज दाहालको इजलासले चैत १ गते राईविरुद्ध मुलुकी ऐन जबरजस्तीकरणी महलको १ नम्बर बमोजिम कसुर ठहर गर्दै सोही महलको ३(२) नम्बर बमोजिम आठ वर्षकैदको फैसला सुनाएको हो ।
राई विरुद्ध सोही महलको १० नम्बर बमोजिम पीडितका नाममा २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने समेत फैसलासमेत भएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।
पीडित बालिकालाई राईले ०७३ असार ३० गते बलात्कार गरेको आरोपमा कारबाहीको माग गर्दै पीडित बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।