INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा पुर्पक्षका लागि थुनामा रहेका माइपोखरी-३ का १८ वर्षीय सुमन राईलाई जिल्ला अदालतले फागुन २४ गते पाँच वर्षकैदको फैसला सुनाएको छ ।

न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐन जबरजस्तीकरणी महलको १, ३ (४) नम्बर बमोजिम कसुर ठहर गर्दै सोही महलको ३ (४) नम्बर बमोजिम पाँच वर्षकैद र सोही महलको १०(ग) बमोजिम २५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।

पीडित युवतीलाई राईले गत भदौ २३ गते बलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी अदालत पेश गरेको थियो ।

अन्य

भिडियो