पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई फागुन १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन १९ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले सोही दिन प्रहरीमा उजुरी दिएकी थिइन् ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १९ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको डिएसपी मरासिनीले बताए ।
त्यसैगरी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला सुर्यपटवा-४ घर भई हाल बुटवल उमनपा-१३ मा बस्ने ५० वर्षीय विशाल चौधरीलाई फागुन १९ गते बुटवलबाटै गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले उजुरी सोही दिन उजुरी दिएपछि उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १९ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको डिएसपी मरासिनीले बताए ।