इन्सेकद्वारा सञ्चालित ‘स्थानीय समुदायलाई सचेत पार्दै, जिम्मेवार निकायलाई जवाफदेही बनाउने’ कार्यक्रमको जिल्ला सल्लाहकार समितिको बैठकले समुदायलाई अधिकार माग्ने मात्रै नभई कर्तव्यप्रति जिम्मेवार बनाउनतर्फकेन्द्रित हुन सरोकारवालाले सुझाव दिएका छन् ।

जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठकमा स्थानीय विकास अधिकारी तेजराज पौडेलले स्थानीय तहमा समस्या धेरै नै भएको तर अधिकांश समस्या जिम्मेवार निकाय र स्थानीय समुदाय र सेवाग्राहीले आफ्नो कर्तव्यलाई नैतिक रूपमा व्यवहारमा कार्यान्वयन गरे मात्रै पनि समाधान हुने खालका रहेको बताए । बैठकले कार्यक्रमलाई प्रभावकारी र उपलब्धिमुलक बनाउन सेवाप्रदायक निकायसँग अझ चुस्त रूपमा समन्वय र सहकार्यलाई बलियो बनाउन पर्नेमा जोड दिएको छ ।
इन्सेकले सुर्यपटुवा र ढोढरी गाविसमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको क्षेत्रमा काम गरिरहेको छ ।

कार्यक्रम स्थानिय विकास अधिकारी पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठसहित जिल्ला शिक्षा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, गैर सरकारी सँस्था महासङ्घ नागरिक समाज महिला तथा बालबालिका कार्यालयलगायत सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।