१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले विजौरी-४ हेमन्तापुरका २० वर्षीय मनोज नेपाली सार्कीलाई ६ वर्षकैदको फैसला गरेको छ ।
न्यायाधीश चुरामन खड्काको इजलासले मङ्सिर १७ गते सार्कीलाई ६ वर्षकैद र पीडितलाई २० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
पीडित बालिकालाई गत असोज २२ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असोज २३ गते प्रहरी चौकी हेमन्तापुरमा उजुरी दिएका थिए ।
उजुरी आएपछि आरोपितलाई प्रहरीले असोज २३ गते गिरफ्तार गरेर मुद्दा चलाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २३ गते नै राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको थियो ।