INSEC Online

📅 २०८३ जेष्ठ २१

अधिकारकर्मी तुलाधरको निधनप्रति इन्सेकद्वारा दुःख व्यक्त

मानव अधिकारकर्मी एवम् वामपन्थी नेता ७८ वर्षीय पद्मरत्न तुलाधरको कात्तिक १८ गते आइतबार उपचारका क्रममा निधन भएको खबरले दु:खी भएको इन्सेकले जनाएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा कात्तिक १९ गते जारी विज्ञप्तिमा भनिएको छ-‘उहाँको निधनले नेपालको सामाजिक क्षेत्रमा अपुरणीय क्षति भएको छ । शोकको यस घडिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’

पञ्चायतकालदेखि लोकतन्त्रका लागि कृयाशील स्वर्गीय तुलाधर २०६२-६३ को जनआन्दोलनमा सकृय सहभागी थिए ।

अन्य

भिडियो