कञ्चनप नपा-७ की २८ वर्षीया कुमारी भुजेलले आफू घरमा हुँदाहुँदै अर्को विवाह गरेको आरोपमा ३३ वर्षीय पति सुशिल भुजेल र २७ वर्षीया देवी भुजेलविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कात्तिक १८ गते उजुरी दिएकी छन् ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी लिन नमानेपछि जिल्ला प्रहरी कार्यालयमा कात्तिक १८ गते दिएको उजुरी दर्ता भएको पीडित महिलाले बताइन् ।
पीडित महिलाले कात्तिक ८ गते मात्रै आरोपितहरूले विवाह गरेको कुरा थाहा पाएपछि प्रहरीमा उजुरी दिएको बताइन् ।
सामाजिक परम्पराअनुसार ०५९ साउन १ गते विवाह गरेका पीडित र आरोपित सुशिलको १२ वर्षीया एक छोरी छिन् ।