१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पुपक्र्षका लागि थुनामा रहेका नौवहिनी गाउँपालिका–१ का ३१ वर्षीय गोर्खे पुनलाई जिल्ला अदालत प्यूठानले कात्तिक १५ गते बलात्कार कसुर नठरिएको र बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै तीन वर्ष कैदको फैसला सुनाएको छ ।
न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले बलात्कार कसुर नठरिएको र बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै सो फैसला सुनाएको हो ।
पीडित युवतीलाई आरोपितले गत साउन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई साउन ५ गते गिरफ्तार गरी जिल्ला अदालतको आदेशमा पुपक्र्षका लागि साउन २१ गतेदेखि थुनामा थिए । पीडित युवतीको स्वास्थ्य परीक्षण साउन ४ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो ।