INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल विवाहविरूद्ध प्रहरीको उजुरी

भुुमिकास्थान नगरपालिका–९ की १७ वर्षीया हेमा रानामगरसँग सोही ठाउँका १९ वर्षीय सन्देश नेपालीले ललाई फकाई विवाह गरेको भन्दै बालिकाकी आमाले कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

छोरी हेमा र सन्देशले कात्तिक ९ गते बाल विवाह गरेकाले कानुन अनुसार कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको पीडित पक्षले जनाएको छ ।

नेपालको बालबालिकासम्वन्धी कानुनले २० वर्ष भन्दा कम उमेरकालाई विवाह गर्न नपाउने कानुनी व्यवस्था गरेको छ । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर खिमबहादुर घर्तीले घटनाको अनुसन्धान भइरहेको बताए ।

अन्य

भिडियो