INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उमनपा–१० का २६ वर्षीय नविन बिकलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक ८ गते बलात्कार गरेको आरोपमा आरोपितलाई कात्तिक ९ गते गिरफ्तार गरेको हो । स्थानीय तथा परिवारले आरोपितलाई घटनास्थलबाट नै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ९ गते प्राथमिक स्वास्थ्य केन्द्र इटहरीमा गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र फुयालले बताए ।

अन्य

भिडियो