INSEC Online

📅 २०८३ जेष्ठ २१

छाडा चौपायाका बारेमा भएको विवादमा वृद्धालाई अभक्ष कोच्याएको आरोप

चौपाया छाडा छोडेको विषयमा विवाद हुँदा उदयपुरगडी गाउँपालिका–५ मौवासीकी ७५ वर्षीया वृद्धा रेशममाया राईलाई कात्तिक ६ गते राति छिमेकी बक्ते राई, उनकै पत्नी गर्भी र छोरा देववहादुर राईले अभक्ष (मानव मलमुत्र) कोच्याएका छन् ।

आरोपितहरूले छोडेको चौपायले बाली खाएपछि दुवै पक्षबिच विवाद हुँदा वृद्धालाई कुटपिट गरी दिसा गर्न लगाएर सोही दिसा कोच्याएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ललन कुर्मीले बताए ।

गाउँमा एक्लै बसी गुजारा गर्दै आएकी पीडित वृद्धाको शरीरभर लागेको दिसासहित प्रहरी कार्यालय आइपुगेको इन्स्पेक्टर कुर्मीले बताए । कुटपिटबाट वृद्धाको दाहिने आखाँमा चोट लागेको छ भने शरीरको अन्य अङ्गमा पनि निलडामहरू रहेका छन् ।

पीडित वृद्धाले कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । पीडितको थप उपचार र घाउ जाँचको लागि जिल्ला अस्पताल बोक्से पठाएको प्रहरीले जनाएको छ ।

आरोपितहरूको खोजी कार्य भइरहेको इन्स्पेक्टर कुर्मीले बताए । छिमेकीले दिनहुँ जसो आफ्नो बारीमा छाडा गाईवस्तु छाड्ने र लगाएको बालीनाली नाश गरेपछि हैरान भई छिमेकीलाई दुखेसो पोख्दा उल्टै आफूलाई मलमुत्र खुवाएको पीडित बृद्धाको गुनासो छ ।

अन्य

भिडियो