रुकुम कारागारमा क्षमता भन्दा चौब्बर बढी कैदीबन्दी बस्नु पर्दा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।
२५ जनाको क्षमता रहेको उक्त कारागारमा हाल ९८ जना कैदीबन्दी रहेको रुकुम कारागारका जेलर लोकबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार कारागारमा ९२ पुरुष र ६ जना महिला कैदीबन्दी रहेका छन् ।
कारागारमा आमासँग दुई बालक र एक बालिका समेत आश्रित रहेका छन् । रुकुम पूर्वमा कारागार नभएकाले त्यस जिल्लाबाट समेत यही कारागारमा कैदीबन्दी पठाउने भएकाले सङ्ख्या बढ्दै आएको छ ।
केही दिनअघि मात्र यहाँ ठाउँ नपुगेर १० जना कैदीबन्दीलाई कपिलबस्तु र दाङ सारिएको कारागार कार्यालयले जनाएको छ ।
क्षमताभन्दा चौब्बर बढी कैदीबन्दी हुँदा पानी र शौचालयको प्रयोग, सरसफाई, सुत्ने कोठालगायतका व्यवस्थापनमा समस्या भएको जेलर घर्तीले गुनासो गरे ।
सङ्ख्या बढ्दै आएकाले अहिले एउटै कोठामा १५ जना सम्मलाई सुताउनुपर्ने बाध्यता भएको उनको भनाई छ ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि