INSEC Online

📅 २०८३ जेष्ठ २१

सात वर्षीया बालिका बलात्कृत, १४ वर्षीयालाई यौन दुर्व्यवहार 

अछाममा सात वर्षीया एक बालिका बलात्कृत भएकी छन् भने अर्की १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको बलात्कार प्रयास भएको छ ।

कमलबजार नगरपालिका–५ निवासी नाम उल्लेख नगरिएका १८ बर्षीय एक युवकलाई दुवै घटनामा संलग्न भएको भन्दै शनिबार बेलुकी अछाम प्रहरीले गिरफ्तार गरेको छ ।

गएको असोज ३ गते सात वर्षीया बालिकालाई बलात्कार गरेको घटना पीडित पक्षले आरोपलगाएको छ ।

१४ वर्षीया बालिकालाई कात्तिक २ गते यौन दुर्व्यवहार गरेको पीडितले दिएको उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

घटनामा संलग्न युवकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी शाहीले जानकारी दिए ।

अन्य

भिडियो