मानसिक सन्तुलन नभएकी २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–३ का ३६ वर्षीय देवबहादुर सार्कीलाई असोज ३१ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले असोज ३० गते पैसाको प्रलोभन देखाएर छिमेकीको कोही नबस्ने घरमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी दिपककुमार बस्नेतले बताए ।
पीडित युवतीका आफन्तको उजुरीका आधारमा सार्कीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको एसपी बस्नेतले बताए । पीडित युवतीको स्वास्थ्य परीक्षण असोज ३० गते जिल्ला अस्पताल तम्घासमा गरिएको छ ।