INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुतलीबजार नपा–१४ का ४८ वर्षीय जुद्घबहादुर भण्डारीलाई असोज २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज २० गते जिल्ला प्रहरी कार्यालय स्याङ्जामा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २० गते जिल्ला अस्पतालका गरिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ ।

अन्य

भिडियो