INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सी भन्दै कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नपा–१ की ४४ वर्षीया मनकुमारी शाहीलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित सोही ठाउँका ३५ वर्षीय जयबहादुर शाहीलाई प्रहरीले असोज २२ गते गिरफ्तार गरेको छ ।

आफूलाई कथित बोक्सीको आरोपमा जयबहादुरले असोज २१ गते साँझ कुटपिट गरेको भन्दै पीडितले असोज २२ गते प्रहरी चौकी त्रिपुराकोटमा उजुरी दिएकी थिइन् ।

‘बोक्सी लगाएर घोडा बिरामी बनाएको’ भन्दै जयबहादुरले असोज २१ गते साँझ आफूलाई कुटपिट गरेको पीडितले आरोप लगाइन् ।

घटनामा संलग्न पक्षलाई कारवाहीको माग गर्दै पीडितले उजुरी दिएपछि गिरफ्तार गरिएको प्रहरी चौकीका इञ्चार्ज टेकबहादुर देउवाले जानकारी दिए । छलफलका लागि दुवै पक्षका आफन्तलाई असोज २३ गते बोलाइएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो