INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलातकार गरेको आरोपमा जिल्ला अदालतले असोज १९ गते मेलौली नगरपालिका–२ का किशोरराम वडलाई आठ वर्ष कैद र ४० हजार रुपियाँ क्षतिपुर्तिको फैसला सुनाएको छ ।

पीडित बालिकालाई आरोपितले गत जेठ ८ गते बलात्कार गरेको कसुरमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजालसले वडलाई यस्तो फैसला सुनाएको हो ।

पीडित पक्षले ०७४ असार २४ गतेमात्रै अरोपितविरूद्ध जिल्ला अदालत बैतडीमा मुद्दा दर्ता गरेको अदालतका श्रेतेदार भिमप्रसाद भुसालले बताए ।

मुद्दा दर्ता भएपछि बलात्कारका कारण गर्भ बोकेकी बालिकाको काठमाडौँमा लगेर गर्भपतन गराइएको थियो । अहिले उनको अवस्था सामान्य छ । आरोपित अहिले जिल्ला अदालत बैतडीमा छन् ।

अन्य

भिडियो