कलैया उपमहानगरपालिका–३ निवासी एभिन्यूज टेलिभिजनका पत्रकार २५ वर्षीय अजय साहलाई समाचार प्रसारण गरेको आरोपमा मार्ने धम्की दिएको भन्दै पीडितले असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
आफ्नो मोबाइल नं. ९८४५४९१६४० मा असोज १५ गते बिहान कलैयाको चिया पसलमा बसेको बेला मोबाइल नं ९८६५२२६९२५ बाट धम्की आएपछि उजुरी दिएको पत्रकार साहले बताए ।
जिल्ल प्रहरी कार्यालय बाराका डिएसपी रञ्जितसिंह राठौरले पत्रकार साहलाई धम्की आएको उजुरी प्राप्त भएको बताए । असोज १६ गते कल डिटेल विवरणका लागि टेलिकमलाई पत्र पठाएकोले दुई वा तीन दिनमा विवरण आएपछि घटनाको थप अनुसन्धान हुने डिएसपीले बताए ।
कलैया उपमहानगरपालिका–२३ को विकास निर्माण कार्यमा अनियमितताको विषयमा एभिज्यूज टेलिभिजनबाट समाचार प्रसारण भएको थियो ।