INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई छोरीलाई बलात्कार गरेको आरोपमा स्थानीयले प्रहरीमा खबर गरेपछि प्रहरीले ३५ वर्षीय बाबुलाई असोज १५ गते गिरफ्तार गरेको छ ।

बाबुले पटक–पटक बलात्कार गर्दै आएको र अन्तिम पटक असोज १२ गते बलात्कार गरेको पीडित बालिकाले स्थानीयलाई बताएपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए ।

आरोपितलाई म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर निरञ्जन भट्टराईले बताए । पीडित बालिकाको असोज १४ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

अन्य

भिडियो