५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–१ निस्कोटका २१ वर्षीय गोविन्द पुनलाई असोज १५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असोज १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज १५ गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बिरबहादुर बुढामगरले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण बेनी अस्पतालमा असोज १५ गते गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।