नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुनसरी दुहवी नगरपालिका–१२ का ४० वर्षीय विरेन पासवानलाई असोज १४ गते ११ वर्ष कैदको फैसला सुनाएको छ ।
न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले पासवानलाई ११ वर्ष कैदसँगै २० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला सुनाएको अदालतका नायव सुब्बा श्याम ओझाले बताए ।
गत वैशाख २४ गते पासवानले पीडित बालिकालाई बलात्कार गरेको भन्दै सोही दिन पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको थियो ।
प्रहरीले पासवानलाई सोही दिन गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २४ गते नै कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको थियो ।