१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्ला त्रिभुवनबस्ती नपा–७ का १८ वर्षीय कीरण बिकलाई आसोज १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाका आफन्तले असोज १४ गते इलाका प्रहरी कार्यालय, सुखडमा आरोपितविरूद्ध उजुरी दिएपछि सोही दिन आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धानका लागि आरोपितलाई जिल्ला प्रहरी कार्यालय, कैलालीमा पठाइसकेको इलाका प्रहरी कार्यालय, सुखडका इञ्चार्ज यक्षराज जोशीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १४ गते सेती अञ्चल अस्पताल, धनगढीमा गरिएको छ ।