१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शुद्धोधन गाउँपालिका–७ का २५ वर्षीय विहारीलाल यादवविरूद्ध असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।
पीडित बालिकालाई आरोपितले जागिरको प्रलोभन देखाएर असोज ८ गते बलात्कार गरेको भन्दै पीडितले असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनायो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १५ गते भिम अस्पताल भैरहवामा गरिएको र आरोपितको खोजी भइरहेको प्रहरीले जनायो ।
त्यसैगरी सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज १४ गते १४ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले असोज १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर उमेश जोशीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १४ गते भिम अस्पताल भैरहवामा गरिएको र आरोपित बालकलाई प्रहरीको बालमैत्री कक्षमा राखिएको प्रहरीले जनायो ।