INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ढोरपाटन नगरपालिका–४ छोरेगाउँका २५ वर्षीय कोपिल घर्तीलाई असोज १२ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले असोज ११ गते बलात्कार प्रयास गरेको आरोपमा चिच्याएर गुहार मागेपछि पीडित युवतीका छिमेकीले राति नै प्रहरीलाई खबर गरेका थिए ।

पीडित महिला र स्थानीयले होहल्ला गरेपछि फरार भएका कोपिललाई पीडित महिलाले असोज १२ गते लिखित उजुरी दिएपछि आफन्तकोमा लुकेर बसेको अवस्थामा ढोरपाटन नगरपालिका–४ बगरबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय वुर्तिवाङका इन्स्पेक्टर ओमप्रकाश यादवले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १३ गते धौलागिरी अञ्चल अस्पताल बागलुङमा गरिएको छ ।

अन्य

भिडियो