INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका अरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अछाम जिल्ला तुर्माखाँद गाँउपालिका–४ घरभई नेपालगञ्ज बस्दै आएका १८ वर्षीय सुरेन्द्र जोशीलाई असोज ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित पक्षले असोज १२ गते प्रहरीमा उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ११ गते भेरी अञ्चल अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो