INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद, १ लाख रुपियाँ क्षतिपूर्ति 

३३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा त्रियुगा नगरपालिका–१४ साउनेका ३६ वर्षीय शिवबहादुर राईलाई जिल्ला अदालत उदयपुरले असोज ९ गते पाँच वर्ष कैद र पीडितलाई १ लाख रुपियाँ उपलब्ध गराउने गरी फैसला सुनाएको छ ।

न्यायाधीश तेजेन्द्र शर्मा सापकोटाको इजलासले बलात्कार गरेको कसुर ठहर गर्दै सो फैसला सुनाएको हो । पीडित महिलालाई राईले ०७४ फागुन २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत १ गते जिल्ला प्रहरी कार्यालय गाईघाटमा उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चैत २ गते गते जिल्ला अस्पताल बोक्सेमा गरिएको थियो । उजुरी परे लगत्तै गिरफ्तार भएका राईलाई जिल्ला अदालतले ०७४ चैत २७ गते ५० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

अन्य

भिडियो