१४ वर्षीया झट्केली छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३४ वर्षीय बावुलाई असोज ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ २७ गते बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन् ।
यौनाङगमा घाउ भएपछि उपचारका लागि राप्ती अञ्चल अस्पतालमा उपचारार्थ रहेकी बालिकाले आफू बलात्कारमा परेको बताएपछि घटना बाहिर आएको प्रहरीले जनायो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण राप्ती अञ्चल अस्पताल तुलसीपुरमा असोज ६ गते गरिएको छ । प्रहरीले आरोपितलाई हिरासतमा राखेर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।