तिलाठी कोइलाडी गाउँपालिका–४ की ७० वर्षीया धोमनीदेबी मलाहिनलाई सोही ठाउँका ४२ वर्षीय छोरी ज्वाइँ सुनिल मुखिया, सुनिलका छोराहरू २३ वर्षीय निरज मुखिया र २१ वर्षीया धिरज मुखियाले कुटपिट गरी हात भाँचेको आरोपमा पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा असोज ४ गते उजुरी दिएकी छिन् ।
असोज ३ गते बेलुकी घर प्रवेश गरेका आरोपितहरूले एक्कासी कुटपिट गरेको र निरजले लाठी प्रहार गरी हात भाँचिदिएको पीडितका पति लक्ष्मी मुखियाले बताए । लक्ष्मीका अनुसार घरमा बुहारीहरू भएका बेला आएर सुत्ने, बस्ने गरेका आरोपित निरजलाई घरमा नआउन भन्दा कुटपिट गरिएको बताए ।
घाइते मलाहिनलाई गाउँलेहरूले उद्धार गरी तत्कालै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गराएका छन् । पीडित महिलाको घाउजाँच असोज ४ गते सोही अस्पतालमा गरिएको इन्स्पेक्टर सुजाता तुम्वाहाम्फेले बताइन् ।
इन्स्पेक्टर तुम्वाहाम्फेका अनुसार पीडितको उजुरी दर्ता गरी आरोपितहरूको खोजीकार्य गर्न इलाका प्रहरी कार्यालय हनुमाननगरलाई पत्राचार गरिएको छ ।