३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इन्द्रावती गाउँपालिका–९ भोटसिपाका ३५ वर्षीय घनश्याम भट्टराईविरूद्ध असोज २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।
पीडित महिलालाई आरोपितले भदौ १२ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । आरोपित फरार भएकोले खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिकृष्ण केसीले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २ गते चौतारा अस्पतालमा गरिएको र पीडितलाई संरक्षणका लागी चौतारास्थित पुनस्र्थापना केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।