भरतपुर अस्पतालमा सुत्केरी वार्डमा आवश्यक पूर्वाधार नहुँदा सुत्केरी र नवजात शिशुहरू भूइँमै उपचार गराउन बाध्य छन् ।
अस्पतालमा रहेको ५० शैया अपुग भएपछि सुत्केरी र नवजात शिशुको उपचार भुँइमै हुने गरेको छ । भुँइमा पनि खचाखच गरेर सुतिरहेका देखिन्छन् । नवजात शिशुहरु जन्मने वित्तिकै भुँइमा सुत्न बाध्य छन् ।
विश्व स्वास्थ्य सङ्गठनले बच्चा जन्मदेखि २४ घण्टासम्मको अवधि निकै चुनौतिपूर्ण हुने उल्लेख गरेको छ । त्यस्तै २४ घण्टा अघि अस्पतालबाट डिस्चार्ज समेत गर्न नहुने स्वास्थ्य संगठनको भनाइ रहेको छ ।
‘बच्चा जन्मिएपछि शैया अभावमा भुँइमै उपचार गराउन बाध्य भएका छौँ ।’–भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रविन खड्काले भने–‘शैया थोरै छ । सुत्केरी सेवा लिन आउने धेरै छन् ।’
