२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा जिल्ला चन्द्रगढी नपा–६ स्थायी घर भई हाल बाह्रबिसे नपा–४ मा मजदुरी गर्ने २० वर्षीय सविन राईलाई भदौ ३१ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असार ३१ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित महिलाले भदौ ३१ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
पीडित महिलाको स्वास्थ् परीक्षण भदौ ३१ गते बाह्रबिसे स्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिकृष्ण केसीले बताए ।