INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकाको बलात्कारपछि फरार रहेको आरोपमा प्रहरीले तादी गाउँपालिका-१ उर्लेनीका १८ वर्षीय विनोद तामाङलाई तीन महिनापछि गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ०७५ असार २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई काठमाडौँको भृकुटीमण्डपबाट भदौ २५ गते गिरफ्तार गरी नुवाकोट ल्याएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

तामाङविरूद्ध पीडित पक्षले ०७५ असार ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाउन तामाङको खोजी गरिरहेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७५ असार ३१ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो