काठमाडौँको कीर्तिपुरमा दुईजना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्तले कीर्तिपुर नगरपालिका-७ हनुमानघाटका २५ वर्षीय हेम खत्रीलाई २४ गते गिरफ्तार गरेको छ ।
ललितपुर इमाडोलमा डेरा भएका बालिका भदौ २० गते ५ बजे साँझ दिदीले पीटेको निहुँमा घर बाट बानेश्वर जाने भन्दै निस्कँदा आरोपित सीत बाटो सोध्दा, आफूले पुर्याइदिने निहुँमा दुबै बालिकालाई कीर्तिपुर स्थीत आफ्नो डेरामा लगि बन्धक बनाई १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरी वृत कीर्तिपुरले गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी मोहन थापाले बताए ।
पीडितद्वय बालिकाको स्वास्थ परीक्षण भदौ २४ गते प्रसूति गृहमा गरिएको डिएसपी थापाले बताए ।
हाल पीडित बालिकालाई कीर्तिपुर प्रहरीमै राखिएको र आरोपितलाई अनुसन्धानका लागि थुनामा राखिएको थापाले बताए । डिएसपी थापाले मनोपरामर्शकर्ताको खाँचो रहेको र त्यसका लागि सहयोग गर्न इन्सेकलाई अपिल गरेका थिए । लगत्तै इन्सेक प्रदेश ३ कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतमको समन्वयमा सिभिक्टले मनोपरामर्शको काम सुरू गरेको छ ।