INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लवसहित द्वन्द्वरत पक्षलाई वार्तामा आउन आह्‍वान

सरकारद्वारा गठित राजनीतिक वार्ता टोलीले नेत्रविक्रम चन्द विप्लवसहित द्वन्द्वरत पक्षलाई वार्तामा आउन आह्‍वान गरेको छ ।

काठमाडौँमा भदौ २५ गते आयोजित पत्रकार सम्मेलनमा वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेयले सबै प्रकारका द्वन्द्व निर्मूल गरी सहमतिको माध्यमबाट देशमा शान्ति, सहिष्णुता र पारष्परिक सद्भाव कायम गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

‘कुनै पनि असहमति, विवाद र द्वन्द्वलाई वार्ताका माध्यमबाट टुङ्गो लगाई शान्ति कायम गर्न सरकारले चाहेको छ ।’-उनले भने-‘सहमति, सहकार्य र वार्ताका माध्यमबाट मुलुकमा दिगो शान्ति कायम गर्न तथा अब मुलुकमा द्वन्द्वको अवस्था छैन भन्ने अनुभूति दिलाउन सरकार सक्रिय छ ।’

संयोजक पाण्डेयले द्वन्द्वरत सम्पूर्ण राजनीतिक दलसँग विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर्ने र वार्ताका लागि ती दलहरुलाई पत्र पठाउने तथा उनीहरुबाट प्राप्त पत्र ग्रहण गरी अध्ययन थाल्ने बताए ।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई गिरफ्तार गरिएको सम्बन्धमा सञ्चारकर्मीद्वारा सोधिएको प्रश्नको जबाफमा संयोजक पाण्डेयले गृहमन्त्रालयको नियमित प्रक्रियाअनुसार उनलाई गिरफ्तार गरिएको बताउँदै नेकपासँग पनि वार्ता गरिने र वार्ताको दौरान कुनै पनि दमन नगरिने बताए ।

अन्य

भिडियो