INSEC Online

📅 २०८३ जेष्ठ २१

गोली प्रहारबाट तरुण दल नेताको हत्या

सुनिल स्मृति गाउँपालिका–४ सुलिचौर बजारमा भदौ २४ गते बेलुकी गोली प्रहारबाट नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष २९ वर्षीय रोहित पुनको हत्या भएको छ ।

इलाका प्रहरी कार्यालय सुलिचौरको नजिकै रहेको रेष्ट पोइन्ट रेष्टुरेण्ट एण्ड बारमा बेलुकी ५ बजेतिर गोली चल्दा पुनको हत्या भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय देबबहादुर घर्तीलाई गिरफ्तार गरेको छ ।

उनको साथबाट पेस्तोल र उनले प्रयोग गरेको बा १२ च ७३५२ नम्बरको कार पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पुनको छातीमा तीन गोली लागेको बताइएको छ । गिरफ्तारमा परेका घर्ती तत्कालीन माओवादी केन्द्र समर्थक रहेको जनाइएको छ । उनीहरू दुबै जना यसअघि पनि जेल परेका थिए । घटना

बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको प्रहरीले जनाएको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो