६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई भदौ १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध भदौ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित बालिका बिरामी भएपछि उपचारका लागि अस्पताल पुर्याउँदा स्वास्थ्यकर्मीहरूले बलात्कार भएको आशङ्का गरेपछि बालिकालाई सोधपुछ गर्ने क्रममा नाता पर्ने बालकले बलात्कार गरेको पीडित बालिकाकाले बताएको परिवारले जनाएको छ । आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी दिपक खड्काले बताए । बालिकाको स्वास्थ्य परीक्षण भदौ १५ गते जिल्ला अस्पताल गरिएको छ ।