१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भदौ १५ गते उदयपुरगढी गाउँपालिका–७ अँधेरीका २६ वर्षीय चुडामणी खपाङ्गीलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ १४ गते बलात्कार गरेको भन्दै पीडित परिवारले भदौ १५ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मेघराज अधिकारीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १५ गते जिल्ला अस्पतालमा गरिएको छ ।