७० वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले रङ्गेली नगरपालिका-२ का ६० वर्षीय सुन्दरलाल झागरलाई भदौ १० गते गिरफ्तार गरेको छ ।
पीडित बृद्धालाई आरोपितले भदौ ५ गते बलात्कार गरेको र परिवारका सदस्यले ढिलो गरी थाहा पाएका कारण भदौ १० गते इलाका प्रहरी कार्यालय रङ्गेलीमा उजुरी दिएको जनाइएको छ ।
पीडित पक्षको उजुरी लगतै लगतै आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्स्पेक्टर कविन्द्र कार्कीले बताए । पीडित बृद्धाको स्वास्थ्य परीक्षण भदौ ११ गते रङ्गेली अस्पतालमा गरिएको छ ।