INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक गण्डकी प्रदेश संयोजक सम्मानित

मानव अधिकारका क्षेत्रमा योेगदान पुर्‍याएको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेललाई भदौ ९ गते स्थानीय पत्रकार नेपाल काठमाडौँले सम्मान गरेको छ ।

photo20180825kaski

स्थानीय पत्रकार नेपाल काठमाडौँले भदौ ९ गते पोखरामा आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटा र स्थानीय पत्रकार नेपालका अध्यक्ष शङ्कर बरालले सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका मन्त्री लम्सालले मानव अधिकारको प्रवर्धनमा सूचनाको हक महत्वपुर्ण हुने भएकाले प्रदेश सरकारले नागरिकको सूचनाको हकसम्बन्धी विशेष कार्ययोजना बनाइरहेको बताए ।

सम्मानपत्र ग्रहण गर्दै संयोजक खकुरेलले आगामी दिनमा पनि निरन्तर रूपमा मानव अधिकारका क्षेत्रमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अन्य

भिडियो