१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन २९ गते जिल्ला प्रहरी कार्यालयमा तीन जनाविरूद्घ उजुरी दर्ता गरेको छ ।
पीडित बालिकालाई साउन २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले त्रियुगा नपा-१२ डिएमगेटका २६ वर्षीय विकास परियार, केशव नाम भएका तर वतन र ठेगाना नखुलेका एक र नाम, ठेगाना नै नखुलेका एक जनाविरूद्घ साउन २९ गते दिएको उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मेघराज अधिकारीले बताए ।
आरोपित मध्येका विकास परियारलाई साउन २८ गते नै गिरफ्तार गरिएको अधिकारीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २९ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको छ । फरार आरोपितको खोजी भइरहेको डिएसपी अधिकारीले बताए ।