१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर किस्पाङ गाउँपालिका–२ भाल्चेका ६२ वर्षीय छेगु लामा तामाङलाई साउन २९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकालाई ललाईफकाई ल्याएर बलात्कार गर्न लगाएको आरोपमा विदुरको एक खाजाघरकी सञ्चालिका ५७ वर्षीया पुतली सुनारलाई पनि साउन २९ गते नै गिरफ्तार गरेको छ ।
आरोपित तामाङलाई बलात्कार मुद्दामा र आरोपित सुनारलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालयका एसपी बसन्तबहादुर कुँवरले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल त्रिसुलीमा साउन २९ गते नै गरिएको छ ।