INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले काठमाडौँको तारकेश्वर नपा-१० का ४० वर्षीय सुनिलचन्द्र प्रधान र भक्तपुर नगरपालिका-१४ का ३३ वर्षीय महादेवजङ्ग राणालाई साउन २९ गते गिरफ्तार गरेको छ ।

होटेल व्यवसायमा संलग्न महिलालाई होटेलमा खाजा खान आएको समयमा बलात्कार प्रयास गरेको पीडितले प्रहरीसमक्ष उजुरी दिएकी छन् । पीडित महिलाले साउन २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छिन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण साउन २९ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी बसन्तबहादुर कुँवरले जानकारी दिए ।

अन्य

भिडियो