४० वर्षीया महिलालाई सामूहिक बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले लम्की चुहा नपा-६ का २२ वर्षीय लक्ष्मण बोहरा र २५ वर्षीय मङ्गल गिरीलाई साउन २९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितद्वयले साउन २५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले साउन २६ गते इलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी गरेपछि साउन २९ गते आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले बताए ।
पीडित महिलाले साउन २९ गते पत्रकार सम्मेलन गरी आरोपितद्वयले आफूलाई फोनबाट अपशव्द प्रयोग गर्नुको साथै गालीगलौच गरेको र केही समयपछि घरमा आएर बलात्कारको प्रयास गरेको आरोप लगाइन् । आफूले प्रतिकार गरेका कारण आरोपितहरू असफल भएको उनले बताइन् ।