INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीय बालकलाई ललाईफकाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारत स्थायी घरभई लामो समयदेखि बुटवल उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने ७२ वर्षीय (दिनभरी जोगी बनेर माग्ने) सुन्दर पुरीलाई बुटवलस्थित डेराबाट साउन २६ गते गिरफ्तार गरेको छ ।

अभिभावक विहीन पीडित बालकलाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गरेको र पछिल्लो पटक साउन २४ गते छिमेकी महिलाले देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

पीडित बालकको स्वास्थ्य परीक्षण साउन २६ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको इलाका प्रहरी कार्यालयका सई बाबुराम पुरीले बताए ।

अन्य

भिडियो