INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

बौद्घिक अपाङ्गता भएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नपा-६ बुद्घचौकका २८ वर्षीय देवेन्द्र राईलाई साउन २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले १९ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर नवीनकुमार सिंहले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १९ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको छ ।

अन्य

भिडियो