INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया बौद्घकि अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा उदयपुरगढी गाउँपालिका-५ का ३५ वर्षीय हिराबहादुर श्रेष्ठलाई प्रहरीले साउन १७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन १६ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण साउन १६ गते जिल्ला अस्पताल बोक्सेमा गरी पीडित महिलालाई महिला सुरक्षाबासमा राखिएको छ ।

अन्य

भिडियो