काठमाडौँमा आयोजित एक कार्यक्रममा एकद्वार प्रणलीबाट गैरसरकारी सङ्घसंस्थाका काम हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा साउन १३ गते आयोजित नेपालमा नागरिक सङ्गठनसँग सम्बन्धित नीति तथा कानुनमा सरोकारवालाहरूको धारणा विषयक छलफल कार्यक्रममा सरोकारवालाहरूले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले गैससहरूको राम्रो काम राज्यको सम्पति बनाउनु पर्ने कुरामा जोड दिँदै गैरसरकारी संस्थासँगको समन्वयमा मात्रै मुलुक समृद्धिको यात्रामा लाग्न सकिने बताए ।
उनले भने–‘हरेक दबाबबाट मुक्त स्वतन्त्र रूपमा काम गर्ने प्रतिबद्ध व्यक्तिहरूको समूह नै नागरिक सङ्गठन हो । नागरिक सङ्गठनलाई नै अङ्कुश लगाउने प्रपञ्च रचे मुलुक कसरी समृद्धिको बाटोमा हिँड्न सक्छ ?
गैरसरकारी संस्था महासङ्घ नेपालका कोषाध्यक्ष जिताराम लामाले गैरसरकारी संस्थाको कामको प्रकृति अनुसार वर्गीकरण गरेर तीनै तहका सरकारले समन्वयमा काम गर्नुपर्ने बताए । उनले भने–‘समन्वय जहाँजहाँ गर्नुपरे पनि दर्ता, नविकरण, अनुमतिलगायतका काम भने एकद्वार प्रणालीबाटै हुनुपर्छ ।’
जुरी नेपालका प्रतिनिधि विष्णु पोखरेलले समाज कल्याणको काम समन्वय गर्ने हुनुपर्नेमा गैससहरूकै रकममा अनुगमन गर्ने काम गर्न थालेकोप्रति सबै सचेत हुनुपर्ने बताए ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको