१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नपा–३ का २९ वर्षीय काकालाई साउन ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ४ मा प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडका असई खगेन्द्र डाँगीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ४ गते मेची अञ्चल अस्पतालमा गरिएको छ ।