INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाद्वारा वडा अध्यक्षको राजिनामा दिन ‘धम्की’

नेत्रविक्रम चन्द विप्लव निकट जिल्ला जनपरिषद् गुल्मीले छत्रकोट गाउँपालिका–४ का वडाध्यक्ष डिलाराम न्यौपानेलाई भ्रष्टाचारको आरोप लगाउँदै राजिनामा दिन पत्रमार्पmत ‘धम्की’ दिएको छ ।

जिल्ला जनपरिषद् प्रमुख प्रशान्त बरालद्वारा साउन २ गते जारी विज्ञप्तिमा स्थानीय तहमा विकासको नाममा जनता ठग्ने प्रवृत्ति बढेको भन्दै वडा अध्यक्षको राजिनामा माग गरेको हो ।

विज्ञप्तिमा वडाध्यक्ष न्यौपानेले नक्कली विकासको किर्ते कागजपत्र मिलाई ९ लाख रुपियाँ बराबरको भ्रष्टाचार गरेको जनताले प्रमाण दिएकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । परिषद् प्रमुख बरालले विज्ञप्तिमार्फत आफूहरूको आग्रहलाई बेवास्ता गरिए जनताद्वारा हुने जस्तोसुकै परिस्थितिको सामाना गनुपर्ने चेतावनी समेत दिएका छन् ।

अन्य

भिडियो